सोमबार, जेठ २५, २०८३

चेकिङमा प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०
National life
Shivam cement

सवारी चेकजाँच गर्ने ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक मरिन गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने ३० वर्षीय राज कुमार घिसिङ छन्।

शनिबार राति शंखमूलमा चेकजाँचमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरी हातपातमै उत्रिएपछि उनलाई पक्राउ गरिएको हो। घिसिङ बा.३७ प ६४३२ को स्कुटरमा आएका थिए।

प्रहरीले चेकजाँच गर्न खोजेपछि उनी अपशब्द प्रयोग गरी गालीगलौजमा उत्रिएका थिए। मापसे गरेर आएका उनी वादविवादपछि हातपातमै उत्रिएका थिए। उनले ड्युटीमा खटिएका प्रहरीको पोसाक नै च्यातिदिएको बताइएको छ।

प्रकाशित: Sep 10, 2023| 14:38 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्