शुक्रबार, साउन ८, २०८३

'जवान' फिल्मबाट हटाइयो नेपालको पुरानो नक्सा

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

अहिले हलमा प्रदर्शन भइरहेको शाहरुख खान स्टारर ‘जवान’मा समावेश नेपालको पुरानो नक्सा (चुच्चो नभएको)लाई हटाइएको छ। सामाजिक सञ्जाल र मिडियामा यसबारे टिप्पणी भएपछि उक्त नक्साको दृश्य हटाइएको केन्द्रीय चलचित्र जाँच समितिले जानकारी दिएको छ।

समितिको निर्देशनमा वितरकले उक्त दृश्य हटाएका छन्। पछिल्लो समय चीनले पनि आफ्नो नयाँ नक्सामा नेपालको पुरानै भूगोल चित्रण गरेपछि विरोध भइरहेको छ। विरोधमा काठमाडौंका मेयर बालेन शाहले चीन भ्रमण नै रद्द गरेका छन्।

प्रकाशित: Sep 10, 2023| 13:23 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्