सोमबार, जेठ २५, २०८३

मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार नाघ्यो

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्‍या २ हजार नाघेको छ।

National life

शुक्रबार राति स्थानीय समयअनुसार ११:११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म  २ हजार १०२ जनाको मृत्यु भएको सिएनएनले उल्लेख गरेको छ।

भूकम्पमा परेका १ हजार ४०४ जनाको अवस्था गम्भीर छ। पर्यटकीय शहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। यहाँ ८ लाख ४० हजार मानिसहरूको बसोबास रहेको सिएनएनले जनाएको छ।

धेरैजस्तो मानवीय क्षति माराकेश शहरमा भएपनि अन्य पाँच प्रान्तमा पनि भूकम्पको धक्का महशुस भएको थियो।

मोरोक्को सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।

Shivam cement

भूकम्पबाट क्षतिग्रस्त ठाउँमा उद्धार टोली खटिएको छ। यद्यपि भूकम्पले थुप्रै भवन, सडकहरू भत्किएको र अवरूद्ध भएकाले पनि उद्धार गर्न समस्या भइरहेको सिएनएनले जनाएको छ।

माराकेशका ऐतिहासिक पर्खालहरूमा पनि क्षति पुगेको छ। शक्तिशाली भूकम्पपछि संयुक्त राष्ट्रसंघले मोरोक्कन सरकारलाई सहयोग गर्न तयार भएको घोषणा गरेको छ।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो। यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो।

प्रकाशित: Sep 10, 2023| 07:24 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्