सोमबार, जेठ २५, २०८३

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

National life

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।

बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।

राति देशभर  आंशिक  देखि  सामान्य  बदली रहनेछ।  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरूमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन/चट्याङ  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ।

Shivam cement

साथै लुम्बिनी र  सुदूर-पश्चिम  प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू-क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  रहने हुंदा सो बाट हुन सक्ने क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  महाशाखाले अनुरोध गरेको छ।
 

प्रकाशित: Sep 10, 2023| 07:21 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्