सोमबार, जेठ २५, २०८३

तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना

पोस्ट स्थापनाका लागि एआइजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हँुदै तिंकर पुगेको थियो।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

दार्चुला– चीनको स्वशासित क्षेत्र तिब्बत नजिक दार्चुलाको तिंकरमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ।

National life

व्यास गाउँपालिका–१ टिंकरमा स्थापना गरिएको उक्त पोस्टको शुक्रबार सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा उद्घाटन गरे।

पोस्ट स्थापनाका लागि एआइजी दाहाल र प्रमुख जिल्ला अधिकारी जोशी नेतृत्वको टोली भारतको बाटो हँुदै तिंकर पुगेको थियो। तिंकरको छयालेकमा स्थापना गरिएको उक्त पोस्टमा सशस्त्र प्रहरी निरीक्षक जनक पौडेलको नेतृत्वमा २० जनाको टोली सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल नेपाल नं ४४ गण दार्चुलाका सशस्त्र प्रहरी उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी दिए। 

विशेषगरी चीन सीमा नजिक उक्त क्षेत्रबाट सीमामा हुने अपराध नियन्त्रण, लागूऔषध ओसारपसारलगायत गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रको निगरानीका लागि पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक विष्टले बताए। दार्चुलाको उत्तरी क्षेत्र व्यासमा सशस्त्र प्रहरीको एउटा गुल्मसहित चार वटा पोस्ट स्थापना भएका छन्।–रासस

प्रकाशित: Sep 09, 2023| 18:20 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्