सोमबार, जेठ २५, २०८३

बालबालिकाको जोखिमपूर्ण यात्रा

 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

बैतडी- पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्।

National life

सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।

उक्त खोलामा रहेको आरसिसी पुल दुई वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए। उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्णरूपमा खोला तर्न बाध्य भएका हुन्।

अस्थायी रुपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने बालाबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताईन्।

प्रकाशित: Sep 09, 2023| 19:02 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्