सोमबार, जेठ २५, २०८३

अमेरिका बसेरै नेपालमा मानव तस्करी गर्छन् रुकुमका गौतम

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा तस्करीका मुख्य योजनाकार टेक्सास बस्ने हस्त गौतमले अहिलेसम्म २ सय जनालाई अमेरिका पठाइसकेको खुलेको हो।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

काठमाडौं– पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी  नेपालीलाई बेचबिखन गरेको पाइएको छ।

National life

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म २ सय जनालाई अमेरिका पठाइसकेका खुलेको हो।

यसरी अमेरिका पठाउने क्रममा गौतमले २ करोडभन्दा बढी ठगी गरेको पाइएको ब्यूरोका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए। उनको सुरुआती घर भने पश्चिम नेपालको रुकुमस्थित सिस्ने गाउँपालिकाको नाथीगाड हो।

गौतमका सहयोगी कमल तामाङसहितका तीन जनाविरुद्ध यसअघि नै पाँच मुद्दा दर्ता गरी ब्यूरोले अनुसन्धान थालिसकेको छ। उनले आफ्नो आधार क्षेत्र मेक्सिको बनाई पाँच जना एजेन्टलाई नेपालसहित युएई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, श्रीलंका, कोलम्बिया, ल्याटिन अमेरिकालगायत क्षेत्रमा परिचालन गरी मानव तस्करी गर्ने गरेको पाइएको छ। 

उनीहरूबाट पीडित बनेका चार जनाको उद्धार गरिएको छ भने अझै दुई जनाको उद्धार गर्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

Shivam cement

‘बाँकी १३ नेपालीलाई विभिन्न देश पठाउने भनी अलपत्र पारेको उजुरी परेको छ’, उनले भने। उनले अमेरिका पठाउने भनी भ्रमण राहदानीको समेत दुरुपयोग गरेको पाइएको छ। गौतमले नेपाली नागरिकलाई विभिन्न देशमा पुर्याई राहदानी, मोबाइलसमेत जफत गरी ठूलो मात्रामा पैसा माग गर्ने गरेका थिए।

एजेन्टले भनेजति पैसा नदिए शारीरिक तथा मानसिक यातना दिने, थप पैसा माग्ने, विदेशमा रहेका एजेन्टलाई बेचबिखन गर्ने, बुझाउनेजस्ता क्रियाकलाप गरी नेपाली नागरिकलाई अलपत्र पार्ने गरेको पाइएको छ। गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 09, 2023| 16:55 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्