बुधबार, असार १८, २०८२

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

ऋणपत्र सरकारलाई आवश्यक रकम जुटाउन बिक्री गरिने साधन हो।
 |  शनिबार, भदौ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

vianetvianet

काठमाडौं– राराष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको हो।
ऋणपत्र सरकारलाई आवश्यक रकम जुटाउन बिक्री गरिने साधन हो।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, गैरबैंक वित्तीय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ।

ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताले प्रतिस्पर्धा र बिनाप्रतिस्पर्धा पनि सहभागी हुन सक्ने छन्। तर, राष्ट्र बैंकले प्रतिस्पर्धी खरिदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। बिनाप्रतिस्पर्धा किन्न चाहनेका लागि भने १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैंकले जनाएको छ।

खरिदकर्ताले ऋणपत्र धितो राखेर कर्जा लिन र दिन पाउने व्यवस्था छ। ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत मात्र हुन्छ। इच्छुक लगानीकर्ताले २४ भदौ आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत बोलपत्र पेस गर्नुपर्नेछ।

ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। ऋणपत्र २५ भदौ सोमबार निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २५ भदौ २०८६ मा हुने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Sep 09, 2023| 16:17 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्