सोमबार, जेठ २५, २०८३

लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री

 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा संकलन हुने फोहर वार्षिक तीन लाख रूपैयाँभन्दा बढीमा बिक्री हुने भएको छ। लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौंबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजार रूपैयाँमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए।

National life

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट संकलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक एक लाख ५० हजार रूपैयाँ लिँदै आएको थियो।

अब गोकर्णेश्वरले संकलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए।

फोहरमैलामा संकलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ।

ल्याण्डफिल्ड साइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो। रासस

Shivam cement

प्रकाशित: Sep 09, 2023| 21:41 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्