सोमबार, जेठ २५, २०८३

लालबन्दीले फोहोर बेचेरै कमाउँछ वार्षिक तीन लाख

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीचको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा संकलन हुने फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ।

National life

लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाइ प्रालि काठमाडौंबीचको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिका प्रमुख वासुदेव अधिकारीले जानकारी दिए।

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौंडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट संकलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक एक लाख ५० हजार लिँदै आएको थियो।

अब गोकर्णेश्वरले संकलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दीका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए।

फोहोरमैलामा संकलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ। तर, ल्यान्डफिल्ड साइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो।–रासस

Shivam cement

प्रकाशित: Sep 09, 2023| 17:25 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्