बुधबार, असार १८, २०८२

मेयर हर्क साम्पाङसँग प्रश्न सोध्नेलाई नगर प्रहरी लगाएर पक्राउ

लागूऔषध सचेतना कार्यक्रममा सरिक मेयर हर्कलाई तपाईंले डेंगु नियन्त्रणमा ध्यान नदिएर अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि नगर प्रहरीले अशोक लिम्बू पक्राउ गरेर प्रहरीलाई बुझाएको हो।
 |  शनिबार, भदौ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

vianetvianet

काठमाडौं– विवादमा आइरहने धरानका मेयर हर्क साम्पाङले आफूलाई डेंगुले मान्छे मरिरहेका बेला ध्यान नदिएको भन्दै प्रश्न सोध्ने व्यक्तिलाई नगर प्रहरी लगाएर पक्राउ गराएका छन्।

शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना कार्यक्रममा सरिक मेयर हर्कलाई तपाईंले डेंगु नियन्त्रणमा ध्यान नदिएर अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोधेपछि नगर प्रहरीले अशोक लिम्बू पक्राउ गरेर प्रहरीलाई बुझाएको हो।

इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको लिम्बूलाई मेयरसँग प्रश्न सोधेकै भरमा छ। मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले पक्राउ गरेर लिम्बूलाई बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले पुष्टि गरे। यस विषयमा के भएको हो भनेर अनुसन्धान थालिएको उनको भनाइ छ।

प्रकाशित: Sep 09, 2023| 14:38 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्