सोमबार, जेठ २५, २०८३

जंगलमा घाँस काट्न गएकी महिला बाघको आक्रमणबाट मरिन्

बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको हो।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०
National life
Shivam cement

बर्दिया– बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जंगलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको हो।

आज सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी काार्यलय बर्दियाले जनाएको छ।–रासस

प्रकाशित: Sep 09, 2023| 14:01 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्