बुधबार, असार १८, २०८२

गाउँपालिका कार्यालयभित्रै अश्लील हर्कत

प्रमुख प्रशासकीय अधिकृत काजीमानलाई कारबाही गर्न पत्राचार

कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुनबमोजिमको कारबाही र लेखा अधिकृत रेश्मालाई ७ दिने म्याद दिई स्पस्टीकरण पेस गर्न भनियो।
 |  शनिबार, भदौ २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

vianetvianet

काठमाडौं– इलामको माइजोगमाई गाउँपालिकाले पालिका कार्यालयमा अश्लील क्रियाकलाप गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईमाथि कानुनी कारबाही र लेखा अधिकृत रेश्मा राईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पालिकाले पत्रकार सम्मेलन गर्दै काजीमान र रेश्माले अश्लील हर्कत गरेर गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निष्कर्ष निकाल्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राईमाथि कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

पालिका अध्यक्ष कुशबहादुर थेवेले २१ भदौको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुनबमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मालाई ७ दिने म्याद दिई स्पस्टीकरण पेस गर्न भनिएको बताएका हुन्।

पालिकाले प्रमुख प्रशासकीय अधिकृत काजीमानसँग रोमान्स गर्ने लेखा अधिकृत राईलाई स्पष्टीकरण पेस नभएसम्म लेखा अधिकृतको जिम्मेवारीबाट हटाएको छ। गत १९ भदौमा प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्माबीच कार्यालयमा अश्लील हर्कत गरेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएको थियो। 

भिडियो बाहिरिएसँगै अश्लील हर्कतमा संलग्न दुवै कर्मचारीलाई कारबाही गर्नुपर्ने आवाज उठेको पालिका अध्यक्ष थेवेले बताए। दुवै जनाले अश्लील हर्कत गरेको भिडियोबारेको सिसीटिभी फुटेज हेर्न र भिडियो कसरी बाहिरियो भन्नेबारे छानबिन गर्न मन्त्रालयमा आग्रह गरिएको उनको भनाइ छ। 

गत १८ साउनमा पालिकामा भएको आगलागीको छानबिन गर्न प्राविधिकको सहयोग लिने निर्णय भएको पालिका उपाध्यक्ष प्रविना राईले बताइन्।

अनैतिक गतिविधिको प्रमाण नष्ट गर्न तत्कालीन प्रशासकीय अधिकृत राईले आगजनी गरेको आशंका छ। अश्लील हर्कत गर्ने प्रमुख प्रशासकीय अधिकृत राई यसअघि नै सरुवा भएर झापाको बाह्रदशी गाउँपालिका पुगेका छन्।

भिडियो बाहिरिएकै दिन लेखा अधिकृत शुष्मा पनि कार्यालय छाडेर काठमाडौं पुगेकी थिइन्।

प्रकाशित: Sep 09, 2023| 12:24 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्