बुधबार, वैशाख १९, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको व्यावसायिक उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको व्यावसायिक उडान

भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको ड्रुक एयरको विमान ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु फर्किएको हो ।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

काठमाडौं– भुटानको सरकारी स्वामित्वको भुटान एयरलाइन्स ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भरेको छ। भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ः४० बजे पोखरा ओर्लिएको ड्रुक एयरको विमान ८ः१५ बजे ४२ यात्रु बोकेर थिम्पु फर्किएको हो।

triton college

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको पोखरा विमानस्थलले जनाएको छ। गत १७ पुसमामा पोखरा विमानस्थल उद्घाटन गरिएको थियो। पोखराबाट थिम्पु जान लागेका पर्यटकलाई पोखरा विमानस्थलमा खादा तथा माला लगाएर बिदाइ गरिएको थियो। 

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीलगायतले यात्रुको बिदाइ गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पोखरा विमानस्थलका प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गरेको बताए। उनका अनुसार प्रतियात्रुु ३ हजार विमानस्थललाई आम्दानी भएको छ। उनले भने, ‘यो पोखराको पहिलो कमर्सियल उडान हो। यसलाई हामी रेभेन्यु फ्लाइट भन्छौं। चार्टरको रूपमा आएको हो। यसका लागि मिहिनेत गरेका थियौं। कम्पनीलाई राम्रो सुविधा दिन्छौँ भनेर प्रतिबद्धता गरेका थियौँ। यसबाट उनीहरू कन्भिस भएर आएका हुन्।’

भारत, नेपाल र भुटान घुम्ने गरी आएका अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन्। जहाज भारतीय एजेन्सीले नै चार्टर गरेका थिए। उनीहरू तीन दिन पोखरामा बसेर प्याराग्लाइडिङलगायत गतिविधिमा सामेल भएका थिए।

corrent noodles
Metro Mart

काठमाडौंबाट उनीहरू ८ वटा हेलिकोप्टरमा पोखरा गएका हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान अझै हुन सकेको छैन। विमानस्थल आन्तरिक उडानमा सीमित छ। यसअघि चीनको सिचुआन एयरलाइन्सले पोखरामा पहिलो चार्टर उडान गरेको थियो।

प्रकाशित: Sep 09, 2023| 00:10 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्