सोमबार, जेठ २५, २०८३

चितवनमा एकापसमा ठोक्किए ट्रक, एक जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेमा ना३ख ५४८८ को ट्रक चालक नवलपुरको गैंडाकोट–१ का ४२ वर्षीय प्रकाश कुँवर रहेको चितवन प्रहरीको पुष्टि।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

काठमाडौं– पूर्व–पश्चिम राजमार्गको चितवन झुरझुरेमा शनिबार बिहान ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

National life

राप्ती नगरपालिका–३ झुरझुरेस्थित वासुकी पेट्रोल पम्प अगाडि पूर्वपश्चिम राजमार्गमा भन्डाराबाट पूर्वतर्फ जाँदै गरेको प्र२३००२ख ५६०९ नम्बरको ट्रक र विपरीत दिशातिर आउँदै गरेको ना३ख ५४८८नं.को ट्रक एकापसमा ठक्कर खाँदा एक जनाले ज्यान गुमाएको जिल्ला  प्रहरी कार्यालय चितवनले बताएको छ।

दुर्घटनामा मृत्यु हुनेमा ना३ख ५४८८ को ट्रक चालक नवलपुरको गैंडाकोट–१ का ४२ वर्षीय प्रकाश कुँवर रहेको चितवनका प्रहरी नायव उपरीक्ष विजय पण्डितले जानकारी दिए।

गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा सवा ७ बजे मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका ट्रक चालक बौधिमाई–२ का १८ वर्षीय रविनकुमार यादव र बाराको निजगढ–४ का २८ वर्षीय निकेश राउत कुर्मीको चितवनमै उपचार भइरहेको छ। 

Shivam cement

प्रकाशित: Sep 09, 2023| 11:31 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्