काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।
शुक्रबार राती बागमती प्रदेश ०२–०२३ प २८५९ र प्रदेश ३–०२–००२प६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो।
मोटरसाइकल अनियन्त्रित भई ०३–००१ ख २४११ नम्बरको टेलर गाडीमा ठोक्किएको थियो।
दुर्घटनामा उनका श्रीमान् किरण घिमिरे घाइते भएका छन्। अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका–४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन्। घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ।