सोमबार, जेठ २५, २०८३

बाँकेमा बस दुर्घटना अपडेट: मृतक सात जनाको सनाखत, २९ घाइते

शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको बस राप्तीसोनारीको शमशेरगञ्जमा सडकमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु।
 |  शनिबार, भदौ २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २३, २०८०

काठमाडौं– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका २९ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बाँके प्रहरीले जनाएको छ।

National life

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा–७ का ६५ वर्षीय चानुराम थारु, वडा–८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ। 

पूर्व–पश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना८ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए। 

बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए। बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ। घाइते २९ जनाको को नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा शुक्रबार बेलुका बस दुर्घटनाग्रस्त भएको हो। 

शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बेलुका साढे ९ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको हो। ठाकुरबाबा नगरपालिका–९ का ६७ वर्षीय बलबहादुर थारु र ४० वर्षीया आशा विक गम्भीर घाइते छन्।

Shivam cement

प्रकाशित: Sep 09, 2023| 10:37 शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्