बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

२४ हजार नाघे डेंगु संक्रमित

संक्रमण देखिएका जिल्लामध्ये सबैभन्दा धेरै सुनसरीमा १३ हजार ८७७  जनामा डेंगु संक्रमण।
 |  शुक्रबार, भदौ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– नेपालमा डेंगु संक्रमितको संख्या प्रत्येक दिन बढिरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्यांकअनुसार बिहीबार २४ हजार १२ संक्रमित थिए। आज बढेर २४ हजार ४१७ जना डेंगु पुष्टि भएको छ।

himalayan bank box

गत साढे सात महिने अवधिमा संक्रमितमध्ये १४ जनाको मृत्यु भएको छ। यस्तै, डेंगु संक्रमण ७५ जिल्लामा देखिएको ईडीसीडीले जनाएको छ। संक्रमण देखिएका जिल्लामध्ये सबैभन्दा धेरै  १३ हजार ८७७  जना सुनसरीमा पुष्टि भएको छ। दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा संक्रमण पुष्टि भएको छ। तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ।

१ हजार ३६४ जना झापामा, ४५८ जना काठमाडौंमा, ३७३ जना धनकुटामा, ३३४ जना संखुवासभामा, ३३१ जना धनुषामा, २७३ जना कास्कीमा र २६५ जना कैलालीमा संक्रमित रहेका छन्। 

सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशीमा डेंगु संक्रमित दर उच्च रहेको पाइएको छ। महाशाखाका अनुसार कोशीमा मात्रै १८ हजार ६८२ जना डेंगु संक्रमित छन्। त्यसपछि बागमतीमा ३ हजार ३२४ जना संक्रमित छन् भने गण्डकीमा ७०१० जनामा संक्रमण पुष्टि भएको छ।

सुदूरपञ्चिममा ७१५, मधेसमा ५२२, लुम्बिनीमा ४०१७ र कर्णालीमा ४९ जनामा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

Metro Mart
vianet

प्रकाशित: Sep 08, 2023| 17:25 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्