बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अन्तर्राष्ट्रिय साक्षरता दिवसः अझै भएनन् १३ जिल्ला पूर्ण साक्षर

सरकारले घरदैलोमै गएर ‘साक्षर नेपाल अभियान’ चलाइरहे पनि १३ जिल्ला पूर्ण साक्षरता मापनमा अटाएनन्।
 |  शुक्रबार, भदौ २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– सरकारले आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा सन् १९६७ देखि विश्वभर यो दिवस मनाइन थालेको हो।

himalayan bank box

नेपालले अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइरहँदा  सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरेकामा अझै मधेस प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी रहेको छ।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याएको थियो। तर १ जिल्ला पूर्ण साक्षरताभित्र नआएपछि पूर्ण साक्षर अभियान सफल हुन नसक्ने देखिएको हो।

यस वर्ष दिवसको नारा ‘प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज’ रहेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवसका अवसरमा विद्यमान विद्यार्थी भर्नादर र साक्षरताका प्रगति विवरण प्रकाशन गरेको छ।\

नेपालमा पाँच वर्षमाथिको साक्षरता दर ७६ दशमलव दुई प्रतिशत छ। १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत रहेको शिक्षा मन्त्रालयले जनाएको छ। 

Metro Mart
vianet

बागमतीमा साक्षर घोषणा अभियान

सर्लाहीको बागमती नगरपालिकाले मधेस प्रदेशमै पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान थालेको छ। प्रदेशमा रहेका १३६ स्थानीय तहमध्ये बागमती नगरपालिकाले पहिलो साक्षर स्थानीय तह घोषणा गर्ने अभियान सुरु गरेको हो ।

नगरपालिकाले आगामि दुई वर्षभित्र नगरभित्रका सबै नागरिकलाई शिक्षा मन्त्रालयअन्तर्गतको अनौपचारिक सिकाइ केन्द्रले निर्धारण गरेको साक्षरका १२ सूचकलाई आधार मानी साक्षर स्थानीय तह घोषणाका लागि अभियान थालेको नगरप्रमुख भरतकुमार थापाले जानकारी दिए।

उनका अनुसार नेपालको जनगणना २०७८ अनुसार नगरपालिकामा कूल ४५ हजार चार सय ५९ जनसंख्या रहेकामा ६८ प्रतिशत निरक्षर छन्।

पहिलो चरणमा प्रतिवडा पाँच सयका दरले अनौपचारिक शिक्षा कार्यक्रममा सहभागी गराउने र दोस्रो चरणमा बाँकी रहेका निरक्षर नागरिकलाई सहभागी गराउने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोख्रेलले बताए।
 

प्रकाशित: Sep 08, 2023| 14:57 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्