सोमबार, जेठ २५, २०८३

करेन्ट लाग्दा दुई नेपालीसहित एक भारतीयको मृत्यु

कञ्चनपुर, दाङ र स्याङ्जामा करेन्ट लागेर तीन जनाको अकाल मृत्यु भएको हो।
 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– प्रहरीले कञ्चनपुर, दाङ र स्याङ्जामा करेन्ट लागेर तीन जनाको अकाल मृत्यु भएको जनाएको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित नारद पाण्डेको क्रसरमा काम गर्ने भारत साहारनपुर उत्तर प्रदेशका २५ वर्षीय फैजनको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ।

National life

क्रसरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मन्त्र अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो।

दाङको लमही नगरपालिका–२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरीको सोही ठाउँस्थित जमिनमा चुँडिएर लत्रिएको विद्युत्को तार छुँदा करेन्ट लागेर बिहीबार राती मृत्यु भएको प्रहरीले जनाएको छ।

स्याङ्जाको वालिङ नगरपालिका–६ रसखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–६ आमडालीका ३६ वर्षीय यमबहादुर थापाको गए राती मृत्यु भएको छ।

उनीसँगै माछा मार्न गएका चार जनालाई तार, रड र बाँसको भाटासहित अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। सबै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 08, 2023| 13:55 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्