सोमबार, जेठ २५, २०८३

अनलाइनमार्फत करिब ११ लाख ठग्ने पक्राउ

घिमिरेले अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्दै आएकामा इन्स्टाग्राममा झुटो रिसिप्ट पठाएर सर्वसाधारणलाई ठगेका हुन्।
 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– प्रहरीले सामाजिक सञ्जाल इन्स्टाग्रामको अनलाइनमार्फत १० लाख ९५ हजार हजार ५ सय रुपैयाँ ठगी गर्ने सुशन घिमिरेलाई पक्राउ गरेको छ। उनले अनलाइनमार्फत झुटो ‘रिसिप्ट’ पठाएर विभिन्न व्यक्तिसँग १० लाख ९५ हजार ५ सय रकम ठगी गरेको भेटिएको प्रहरीले जानकारी दिएको हो।

National life

ललितपुर गोदावरी नगरपालिका–७ घर भई हाल काठमाडौं गोठाटार बस्दै आएका २२ वर्षीय घिमिरेलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका घिमिरे अनलाइन पेजमार्फत विभिन्न डिजाइनका गरगहना तथा अन्य सामान बिक्री गर्ने गरेकामा सामाजिक सञ्जाल इन्स्टाग्राममा झुटो रिसिप्ट पठाई पीडितलाई झुक्याएर ठगी कार्यमा संलग्न रहेको खुल्न आएको छ।

पक्राउ परेका घिमिरेलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

प्रकाशित: Sep 08, 2023| 11:19 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्