सोमबार, जेठ २५, २०८३

आईसीसी महिला टी–२०

नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग पराजित

सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो।
 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

काठमाडौं– नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा थाइल्यान्डसँग फराकिलो अन्तरले पराजित भएको छ। आज बिहान भएको पहिलो सेमिफाइल खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको हो।

National life

नेपाल सन् २०१३ देखि भइरहेको ग्लोबल छनोट प्रतियोगितामा हालसम्म पुग्न सकेको छैन। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर सेमिफाइनल पुगेको नेपाल थाइल्यान्डसँग पराजित भएको हो।

आजको खेलमा थाइल्यान्डलाई हराउन सकेको भए नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुग्ने थियो। थाइल्यान्डविरुद्ध खराब ब्याटिङ गरेको नेपाल ३ बल अगावै ५९ रनमा अल आउट भयो। खराब सुरुवात गरेको नेपालले दोस्रो ओभरमै ३ विकेट गुमाउँदा ३ रन बनायो। 

कविता कुँवरले बनाएको अविजित १७ रन नै नेपालमा लागि सर्वाधिक रह्यो। त्यसअघि मलेसियाको बांगीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो। 

नेपालकी कविता कुवँरले ४ ओभरमा १ मेडन राख्दै १७ रन दिएर १ विकेट लिइन्। नेपाललाई हराउँदै फाइनलमा स्थान बनाएसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ।

Shivam cement

आजको खेलमा नेपाली टोलीको बलिङ र ब्याटिङ दुवै फितलो देखियो। थाइल्यान्डकी बलर ओनिचा कामचोमफु र थिपातचा पुथ्थावङले तीन–तीन विकेट लिए।नेपालले समूहगत चरणको आफ्नो पहिलो खेलमा आयोजक मलेसियालाई पाँच रनले हराएको थियो।

समूह ‘ए’मा रहेको नेपालले दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । तेस्रो खेलमा नेपालले भुटानमाथि तीन विकेटको जित हासिल गरेको थियो भने चौथो खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको थियो। 

नेपाल र संयुक्त अरब इमिरेट्सबीचको पाँचौं खेल वर्षाका कारण रद्द भएको थियो। समूह ‘ए’ बाट ९ अंकसहित यूएई पहिलो र समान अंक जोडेको नेपाल दोस्रो हुँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए।

प्रकाशित: Sep 08, 2023| 10:30 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्