सोमबार, जेठ २५, २०८३

काठमाडौं महानगरमा आज शोक बिदा

 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो। शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए। 

रिजालको उपचारको क्रममा बिहीबार बिहान निधन भएको थियो। उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो।

प्रकाशित: Sep 08, 2023| 08:28 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्