सोमबार, जेठ २५, २०८३

४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार [सूचीसहित]

 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने भएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने भएको हो।

National life

आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।

२०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

प्रकाशित: Sep 08, 2023| 07:02 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्