सोमबार, जेठ २५, २०८३

आदित्य-एल१ ले अन्तरिक्षबाट पठायो पहिलो सेल्फी

 |  शुक्रबार, भदौ २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २२, २०८०

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले सूर्य मिसनको एउटा तस्बिर सेयर गरेको छ। यो तस्बिर आदित्य-एल१ ले खिचेको हो जुन अहिले सूर्य मिसनमा छ। 

National life

एक तस्बिरमा सूर्य र चन्द्रमा एकै फ्रेममा देखिएका छन्। दोस्रो तस्बिर भने सेल्फी हो जसमा आदित्य-एल१ का सात उपकरणमध्ये दुईवटा देखिएका छन्। आदित्य-एल १ लाई गत शनिबार अन्तरिक्षमा पठाइएको थियो। 

भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो। चेन्नईबाट १०० किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको थियो।

sun earth1694133494.jpg
सूर्य र पृथ्वी एकै फ्रेममा

सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिकै भने जानेछैन। आदित्य-एल१ पुग्नुपर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ जुन पृथ्वी र चन्द्रमाबीचको दूरीको चार गुणा हो।

तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो। पृथ्वीदेखि सूर्यको दूरी भने १५ करोड १० लाख किलोमिटर छ।

Shivam cement

यो मिसनले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्नेबारे समेत अध्ययन गर्नेछ। सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङविरंगी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन्। 

भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो। यसको लागत करिब ४ करोड ६० लाख अमेरिकी डलर लागेको जनाइएको छ। मानवरहित चन्द्रयान-३ अभियान गत साता चन्द्रमाको सतहमा अवतरण गरिसकेको छ।

चन्द्रमामा सफल अवतरण गर्ने अमेरिका, रुस र चीनपछि भारत चौथो र चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो राष्ट्र बनेको छ। सन् २०१४ मा मंगल ग्रहको कक्ष वरिपरि यान राख्ने भारत पहिलो एशियाली मुलुक बनेको थियो। भारतले अब अर्को वर्ष पृथ्वीको कक्षमा मानवसहितको तीन‍-दिने अन्तरिक्ष मिसन पठाउने योजना गरेको छ।

प्रकाशित: Sep 08, 2023| 06:22 शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्