शनिबार, मंसिर २३, २०८०

सन्दर्भ: बीपी जयन्ती

बीपीले 'नेपाल र भारत दुई देश होइनन्' भन्नुको अन्तर्य

नेपाली कांग्रेसका दस्तावेजअनुसार बीपीले यो अभिव्यक्ति सन् १९४७ जनवरीमा नेपाली कांग्रेसको प्रथम महाधिवेशनको बेला दिएका थिए। त्यो समय भारत बेलायतको उपनिवेश थियो।
 |  आइतबार, भदौ २४, २०८०
averest bankaverest bank

भानु बोखिम

भानु बोखिम

आइतबार, भदौ २४, २०८०

बीपी कोइराला नेपालको राजनीतिक इतिहासमा सम्मानित स्थान हासिल गरेका नेता हुन्। प्रजातन्त्र (२०६३ सालपछि लोकतन्त्र) को निम्ति लडेका र जेलनेल भोगेका बीपीका आलोचक विरलै भेटिन्छन्। तर कहिलेकाहीँ बीपीले आफ्नै देशको स्वतन्त्र अस्तित्व स्वीकार्न नचाहेको आरोपको चर्चा यदाकदा उठ्ने गर्छ। यो आरोप उनको 'नेपाल र भारत दुई देश होइनन्' भन्ने अभिव्यक्तिसँग जोडिएको छ, जसको निरपेक्ष व्याख्या गर्नु उचित हुँदैन।

sagarmatha cement

‘वास्तवमा भारत र नेपाल दुई देश होइनन्।’ नेपाली कांग्रेसका दस्तावेजअनुसार बीपीले यो अभिव्यक्ति सन् १९४७ जनवरीमा नेपाली कांग्रेसको प्रथम महाधिवेशनको बेला दिएका थिए। त्यो समय भारत बेलायतको उपनिवेश थियो। नेपालमा भने राणाहरुको जहानिया शासन चलिरहेको थियो। दुवै देशले तात्कालिन शासकहरुबाट मुक्ति खोजिरहेका थिए। आ–आफ्नो मुक्तिको लागि आन्दोलनरत नेपाल र भारतको विद्रोहीबीचको एकता र सहकार्यको आवश्यकतालाई बीपीले आफ्नो अभिव्यक्तिबाट इंगित गरेको पाइन्छ।

उनको भाषणको सम्पूर्ण विषयवस्तु हेरेर वा पढेरमात्र वास्तविक अर्थ लगाउन सकिन्छ। शाब्दिक अर्थ अनुसार नेपालको अस्तित्व स्वीकार्न नखोजेको वा भारतकै अंग मानेको देखिएला। तर राजनीतिक रुपमा दिएको अभिव्यक्तिको कुनै पनि वाक्यको शाब्दिक अर्थ खोजेर मात्र हुँदैन। त्यसमा समय र सन्दर्भ पनि बुझेर अर्थ्याउनु जरुरी हुन्छ।  

भारतमा झण्डै दुई शताब्दी ब्रिटिसले शासन गरेको थियो। बीपीले भारत र नेपाल दुई देश हैनन् भन्दै गर्दा भारत स्वतन्त्रताको संघारमा थियो। तर स्वतन्त्र हुनुभन्दा करिब ९० वर्षअघि नै ब्रिटिस राजको विरुद्ध सैनिक विद्रोह भएको थियो। त्यसलाई बेलायती सरकारले बलपूर्वक दबाएको थियो। सो विद्रोह दबाउनको लागि नेपालमा जहानिया शासनको जग बसालेका जंगबहादुर राणाले नेपालबाट सैनिक सहायता पठाएका थिए।

अहिले फर्केर हेर्दा यसले नेपाललाई केही फाइदा पनि भएको देखिन्छ। यद्यपि तत्कालिन भारतमा ब्रिटिस र नेपालमा राणाको शासनको आधार भनेको दमन र निरंकुशता नै थियो। यी कुरा भारत र नेपालमा आन्दोलनरत दुवै दललाई स्वीकार्य थिएन। ब्रिटिसले सैनिक विद्रोहपछि फुटाउ र राज गरको नीति अंगालेको थियो।

Metro Mart
worldlink

नेपाल र भारत दुवै भारतवर्षको संस्कृति अंगालेका राष्ट्रहरु थिए। भारत र भारतवर्ष दुई अलग कुरा हुन्। नेपाल र भारतको जातिय बनावट, धार्मिक अभ्यास र आर्थिक स्वरुपमा खासै भिन्नता थिएन। भारतवर्ष एक दर्शन, संस्कार र संस्कृति पनि हो जो भारत देशभन्दा वृहत्तर र धेरै पुरानो कुरा हो।

बीपीको बुझाइमा भारत र नेपाल राजनीतिक रुपमा अलग हुनुमा कूटनीति र स्वार्थी शासकको चालबाजीले मात्र काम गरेको थियो। त्यसैले दुवै देशको सामाजिक, सांस्कृतिक तथा आर्थिक गतिविधि र संस्कार समान थियो, जो भारतवर्षसँग सम्बन्धित थियो। यि समानताको बीच पनि कूटनीतिक र राजनीतिक रुपमा देश अलग हुनुमा तत्कालिन शासकको स्वार्थले काम गरेको थियो। तर बीपीको आशय यो हैन कि भारत र नेपाल एक हुनुपर्छ। आशय यो हो कि देशलाई अलग बनाउने शासकहरु केवल आफ्नो स्वार्थको लागि काम गरिरहेका छन्। उनीहरुले देश भनेका छन् तर देश र जनताको हितमा काम गरेका छैनन्। दुई देशका शासकबीचको सहकार्य पनि निरंकुशता टिकाउनको लागि हो।

नेपाली कांग्रेसका दस्तावेजअनुसार बीपीले यो अभिव्यक्ति सन् १९४७ जनवरीमा नेपाली कांग्रेसको प्रथम महाधिवेशनको बेला दिएका थिए। त्यो समय भारत बेलायतको उपनिवेश थियो।

बीपीको अभिव्यक्ति अनुसार लखनउ सैनिक विद्रोहपछि भारतले ससाना राज्यलाई गाभ्ने काम बन्द गर्यो। राज्य गाभेर बेलायतको उपनिवेश बढाउँदा विद्रोह अझ ब्यापक हुन सक्थ्यो। यसमा बेलायतले आफ्नो हित देखेको थियो। नयाँ राज्य नगाभ्दा हालको भारतमा उसको हालिमुहाली लामो समयसम्म कायम रहन सक्थ्यो।

बेलायतले देश गाभ्ने काम रोक्दा नेपाल पनि स्वतन्त्र रहन्थ्यो। स्वतन्त्र देशमा राणाहरु शासक भएर बस्न पाउँथे। राणाले ब्रिटिसलाई रिझाएर नै नेपालमा आफ्नो सत्ता टिकाएका थिए। बीपीको नजरमा कति नेपालीले बेलायत र नेपालको शासकको स्वार्थ नबुझेर स्वतन्त्र हुन खोज्ने आफ्नो दाजुभाइ (भारतिय र नेपाली दुवैतिरका जनता) को विरोध गरेको आरोप लगाएका थिए। यो काम नेपालीको स्वतन्त्रता तथा राणाबाट मुक्त हुने उद्देश्यको लागि महँगो साबित हुन सक्थ्यो।

बीपीको बुझाइअनुसार नेपालमा राणाको शासन आफ्नै बलबुतामा मात्र टिकेको थिएन। यसमा ब्रिटिसले पनि साथ दिएको थियो। नेपालमा राणाले जनतालाई दमन गरेको खण्डमा निश्चय नै त्यहाँ बेलायतको आर्थिक तथा सामरिक सहयोग हुन सक्थ्यो। यो अर्थमा भारतमा बेलायतको उपनिवेश आफैंमा नेपालको स्वतन्त्रताको लागि अनुकूल थिएन।

यो यथार्थ बुझेका बीपी कोइराला नेपालको राणा शासनको विरोधमात्र गरिरहेका थिएनन्। एकसाथ भारतिय स्वतन्त्रता संग्राममा पनि सामेल थिए। भारत स्वतन्त्र हुनु भनेको नेपालको स्वतन्त्र हुने बाटो खुल्नु हो भन्ने बुझाइ थियो उनको। त्यो एक यथार्थ पनि हो। भलै, भारत स्वतन्त्र भएपछि तत्कालिन भारतिय कांग्रेस नेताहरुले नेपाली कांग्रेसलाई उति महत्व दिएको देखिँदैन, जति उसले दरबार र राणालाई नै दियो। यद्यपि बीपीको बुझाइ जनताको निम्ति, जनताको मान्छेहरु सहकार्यको लागि देशको भूगोललाई आधार मान्नु हुन्न भन्ने थियो।

दुई फरक देशका नेता वा जनता स्वतन्त्रताको निम्ति हातेमालो गर्दा पारस्परिक सहयोग मिल्छ भन्ने बीपीको विश्वास देखिन्छ। यो आफैंमा गलत कुरा थिएन। साथै, त्यो बेलाको माहौल र परिस्थिति अहिलेको भन्दा बिल्कुलै फरक थियो। त्यो बेला भारत र नेपालको नेताहरुको सहकार्य दबितहरुको एकता र सहकार्य थियो।

दुवैको उद्देश्य साझा थियो – देशको स्वतन्त्रता। भलै, त्यसपछि स्वतन्त्र भएका दुई  देशको सम्बन्ध उति मित्रवत् रहेन। राणाबाट मुक्त नेपालमाथि भारतले ब्रिटिसले राणामाथि गरेको ब्यवहार गरिरहेको छ। तर एउटा स्वतन्त्र देश कुनै जहानिया शासन चलाएको व्यक्ति वा परिवार जस्तो कुनै अर्काे देश वा शासकप्रति नतमस्तक हुन सक्दैन। यो कुरा नेपाल राणाबाट स्वतन्त्र भएपछि बीपीको ब्यवहारले नै साबित गरिसकेको छ।

इतिहासको गलत विश्लेषण गरियो भने वर्तमानको निर्णयहरु गलत हुन सक्छन्। जसले भविष्य नै गलत दिशातिर मोड्न सक्छ। तसर्थ भारत र नेपाल दुई अलग देश हैनन् भन्ने अभिव्यक्तिलाई आजको सन्दर्भमा हेर्नु न्यायोचित हुँदैन। त्यसलाई हिजोको नेपाल र भारतको अवस्था अनि तत्कालिन नेताहरुको संघर्ष र उद्देश्यको आलोकमा पनि नियाल्नुपर्छ। यो बीपीले तत्कालिन नेपाल र भारतको सामाजिक, सांस्कृतिक तथा आर्थिक स्वरुप र साझा उद्देश्य प्रविम्वित गर्न दिएको अभिव्यक्ति हो।

प्रकाशित: Sep 10, 2023| 07:41 आइतबार, भदौ २४, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मनाङमा जलवायु परिवर्तनको असर : हराउँदै हिमालका हिउँ र ताल

मनाङमा जलवायु परिवर्तनको असर : हराउँदै हिमालका हिउँ र ताल

जलवायु परिवर्तनका असरलाई समयमा नै न्यूनीकरण गर्न नसकिएमा नेपाललाई विश्वव्यापी रुपमा परिचित गराउने यी प्राकृतिक हिमालको स्वरुप कालापत्थर बन्नेछन्।
विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ।
अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई प्रश्न सोध्न पनि जरुरी छ। यो प्रसंग-विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ...
सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन।
यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि जसरी पनि गर्न पाइने भन्ने व्याख्या हुने हो भने अब लोकतन्त्रको विश्वसनियता उपर पनि प्रश्न तेर्सिन सक्छ। सबै सामाजिक सञ्जालहरुको...