मंगलबार, वैशाख २९, २०८३

मानव सेवा आश्रम गोरखालाई एभरेष्ट बैंकको सहयोग

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

National life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, वित्तीय साक्षरतालगायतमा सघाउँदै आएको छ। सोहीअनुसार गोरखामा आयेजित कार्यक्रममा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ सहयोग गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमका गण्डकी प्रदेश संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सहयोगबाट आश्रममा आश्रित बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन लगायतको संरक्षण तथा पालनपोषणमा थप टेवा पुग्ने बताए।

साथै आश्रमका गण्डकी प्रदेश संयोजक लामाले एभरेष्ट बैंकको सहयोगले आश्रममा आश्रित सबैलाई अझ सुलभ सेवा उपलब्ध गराउन सजिलो हुने बताए।

प्रकाशित: Sep 07, 2023| 18:24 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्