शनिबार, असार २१, २०८२

चौधरी ग्रुप र अदानी ग्रुपबीच रणनीतिक साझेदारी

 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं- नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीचमा सिमेन्ट बिजनेस अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उदेश्यका साथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगतिप्रतिको अटल समर्पणलाई दर्शाउँछ।

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेका छन्। ‘यस रणनीतिक सहकार्यमार्फत हामीआर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ प्रवन्ध निर्देशक चौधरीले भने।

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउँदै दुवै व्यापारिक समूहहरु सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन् । साझा मूल्यमान्यता र आकांक्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धहरुलाई बढावा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन् ।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे। उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेलेकामा र अटल समर्थनको लागि आभार व्यक्त गरे।

 

 

प्रकाशित: Sep 07, 2023| 18:07 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्