मंगलबार, वैशाख २९, २०८३

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो।

National life

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ।

अन्तर्राष्ट्रिय संघ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे।

प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ। यस्तै ऋण/सेयर लगानीका रुपमा छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ।

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ। प्राधिकरणले कार्य सञ्चालन खर्च चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा पाँच अर्ब ८९ विनियोजन गरेको छ।

प्रकाशित: Sep 07, 2023| 21:02 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्