सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अञ्जनीकुमार झा नियुक्त भएका छन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले झालाई आयोगको रिक्त उपाध्यक्षमा नियुक्त गरेको हो।

National life

नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन्।

आयोगको उपाध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो। झासहित डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो।

आयोगको उपाध्यक्षमा नाम सिफारिस गर्न गठित समितिले पहिलो नम्बरमा डा. झा, दोस्रो नम्बरमा डा. मिश्र र तेस्रो नम्बरमा डा. गिरीको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो। आयोगको उपाध्यक्षका लागि ९ जनाको आवेदन परेको थियो। आवेदन दिएका सबैसँग भदौ १७ र १८ गते अन्तर्वार्ता र प्रस्तुतीकरण गरिएको थियो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा–२२ मा आयोगको उपाध्यक्ष नियुक्ति सम्बन्धी व्यवस्था छ। ऐनको दफा २२ को उपदफा ‘१’ मा सरकारले दफा–२३ बमोजिमको समितिले सिफारिस गरेका व्यक्तिमध्येबाट एक जनालाई आयोगको उपाध्यक्ष नियुक्त गर्ने प्रावधान रहेको छ। ऐनमा उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ।

Shivam cement

आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ। प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन्। आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नुपर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तरसम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा (कमन इन्ट्रान्स) सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्छ।

 

प्रकाशित: Sep 07, 2023| 17:58 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्