सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सन्दीपको मुद्दामा पीडितको जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

सन्दीपको मुद्दामा पीडितको जन्म दर्तासम्बन्धी थप कागजात झिकाउन आदेश

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्म दर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ।

National life

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले पुरानो पालिकामा भएको जन्म दर्ता र बसाइँको कागजात भए झिकाउन आदेश दिएको हो।

न्यायाधीश कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजात माग गरेकी हुन्। सामान्यतया: मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ। तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी गौशाला-२६ को जन्मदर्ता र बसाइँसराइको अभिलेख झिकाउने आदेश दिएकी छन्।

हेर्दाहेर्दैमा नपरेपछि मुद्दा फेरि अर्को न्यायाधीशको इजलासमा पेशी चढ्ने भएको छ।

प्रकाशित: Sep 07, 2023| 17:52 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्