शुक्रबार, वैशाख २१, २०८१

देशैभर लम्पीस्किन रोगबाट साढे ५२ हजार पशु मरे

हालसम्म १३ लाख ८३ हजार ५९५ पशु उपचारपछि निको भएका र अहिले बिरामी अवस्थामा ७३ हजार ६३६ रहेको तथ्यांक।
 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं– कृषि तथा पशुपक्षीमन्त्री डा वेदुराम भुसालले लम्पीस्किन रोग संक्रमणबाट हालसम्म १५ लाख १९ हजार ७७९ पशु संक्रमित भएको जानकारी दिएका छन्। 
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे। 

triton college

हालसम्म १३ लाख ८३ हजार ५९५ पशु उपचारपछि निको भएका र अहिले बिरामी अवस्थामा ७३ हजार ६३६ रहेको मन्त्री भुसालले बताए। रोग संक्रमणबाट हालसम्म ५२ हजार ५४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण गर्ने सरकारको नीति भएको बताए। यो नीति प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत ७७ वटै जिल्लामा सञ्चालित भएको उनको भनाइ छ। 

उनले भने, ‘माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ।’ उनले स्वदेशमै रासायनिक मल उत्पादन गर्ने सवालमा अध्ययन भइरहेको बताए।

प्रकाशित: Sep 07, 2023| 16:56 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्