सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सरुको उपचारका लागि उठ्यो ६५ हजार डलर, कस्तो छ स्वास्थ्य अवस्था ?

सरुको उपचारका लागि उठ्यो ६५ हजार डलर, कस्तो छ स्वास्थ्य अवस्था ?

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- घाँटीको क्यान्सरसँग जुधिरहेकी अमेरिका निवासी गुरागाईंको उपचारका लागि सहयोग रकम जुट्ने क्रम जारी छ। सरुका पति मुरारी गुरागाईंले खोलेको गो फण्ड मी खातामा करिब ६५ हजार डलर जम्मा भइसकेको छ। आठ दिनमै यो रकम संकलन भएको हो।

National life

७५ हजार डलर लक्ष्य राखिएकोमा लक्ष्य पुग्न अब १० हजार डलरमात्र बाँकी छ। गो फण्डको पेजमा सरु अस्पतालको बेडमा सुतिरहेको फोटो हालिएको थियो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य हजारौं शुभेच्छुकहरुले सामाजिक सञ्जालमा सरुको शिघ्र स्वास्थ लाभको कामना गरिरहेका छन्।

कोभिड महामारीको बेला ‘फर्कुँ म आमा घर’ शीर्षकको सुमधुर स्वरमा वाचन भएको सरुको कविता निकै नै लोकप्रिय भएको थियो। लकडाउन हुँदा हवाई उडान अवरुद्ध भएका थिए भने सीमा पनि बन्द थिए। कविताले बोकेको सन्देश तत्कालीन परिस्थिति सुहाउँदो भएकाले सरुलाई चर्चित हुन धेरै समय लागेन।

‘फर्कुँ म आमा घर’ चर्चित भएपछि सरुले श्रीमान् मुरारी गुरागाईंको प्राविधिक सहयोगबाट भानुभक्तीय रामायणलाई पनि वाचन गरेर युट्युबमा अपलोड गरिन्। त्यो पनि लोकप्रिय बन्यो। धेरै नेपाली र नेपालीबासीको मनमा बसेकी यिनै सरु अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन्। 

Saru guragai1693558720.jpg
सरुलाई गत डिसेम्बरबाट घाँटीमा डल्लो जस्तो आएको थियो। त्यतिबेला त्यो डल्लोमा दुख्ने पोल्ने र अरु खालका लक्षण केही थिएन। विभिन्न टेस्टहरु गरेपछि थाहा भयो त्यो क्यान्सर हो भन्ने कुरा। गुरागाईं दम्पतीका ७ वर्षका छोरा र २२ महिनाकी छोरी छन्।

Shivam cement

नेपाल घर इलाम भएका गुरागाईं दम्पती सन् २०१४ मा अमेरिका आएका थिए। उनीहरु केन्टकी राज्यमा बसिरहेका छन्।

मुरारीको फेसबुक पेजमा राखिएको स्टाटसका अनुसार पहिलो चरणको थाइराइडको शल्यक्रिया भइसकेको छ र त्यसक्रममा घाँटीको वरपरको टिस्यू हटाइएको छ। पहिलो शल्यक्रियाको रिकभरी फेजमा छन् सरु। उनी अहिले घर ल्याइएकी छन् र बोलेर कुराकानी गर्न सक्छिन्।

प्रकाशित: Sep 07, 2023| 16:24 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्