सोमबार, जेठ २५, २०८३

सन्दीप र पीडित दुवै अदालतमा उपस्थित, आउला फैसला आज ?

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा फैसला बहस सुरू भएको छ। न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सरकारी वकिलबाट बहस सुरु भएको हो।

National life

सरकारी वकिल सुरवीर परियारले बहस सकेका छन् भने वादी पक्षका अन्य वकिलहरुले बहस गरिरहेका छन्। वादी पक्षको बहसपछि प्रतिवादी सन्दीपको पक्षबाट बहस सुरू हुनेछ।

आज दुवै पक्षको बहस सकिए फैसला आउन सक्नेछ। न्यायाधीश कार्कीले आफ्नो इजलासबाट पन्छाउन नचाहेमा हेर्दाहेर्दैमा राखेर बहसलाई निरन्तरता दिन पनि सक्नेछिन्।

फैसला बहस सुन्न प्रतिवादी लामिछाने र वादी 'गौशाला २६'  नाम दिइएकी पीडित किशोरी पनि पनि इजलासमा उपस्थित भएको बताइएको छ।

यसअघि १४ पटकसम्म पेशी तोकिए पनि फैसलाको सुनुवाइ हुन सकेको थिएन। न्यायाधीशहरूले विभिन्न बहाना गरेर सुनवाइ टार्दै आएका छन्।

Shivam cement

 

प्रकाशित: Sep 07, 2023| 15:57 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्