शनिबार, असार २१, २०८२

काठमाडौं महानगरपालिकामा शुक्रबार शोक बिदा

 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ। काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको हो।

रिजालको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो। भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको रिजालको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्। मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो।

प्रकाशित: Sep 07, 2023| 15:46 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्