आइतबार, वैशाख २७, २०८३

बर्दिबासमा ज्वरोले थलिए ८० विद्यार्थी

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ।
 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

महोत्तरी– बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौं ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ। पछिल्ला पाँच/६ दिनयता ८० विद्यार्थी ज्वरोले बिरामी परेका हुन्।उनीहरुको शुक्रबारदेखि परीक्षा रहेको बताइएको छ।

National life

ग्रामीण भेग अवस्थित कलेजमा विद्यार्थी ज्वरोले ग्रस्त भएपछि बर्दिबास अस्पतालको चिकित्सक टोलीले कलेजमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ। ज्वरो आएकामध्ये तीन जनामा डेंगुु संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल अफिसर डा. किशोर अधिकारीले जानकारी दिए।

एक्कासि उच्च ज्वरो आउने र टाउको दुख्ने सबैजसो विद्यार्थीमा समान लक्षण पाइएको छ। यसअघि चौथो  सेमेस्टरको परीक्षा चलिरहँदा पनि विद्यार्थीलाई ज्वरोले समस्या बनाएको क्याम्पस प्रमुख हरि भुजेलले बताए। बर्खायाममा धमिलिएको दूषित पानी सेवनले ज्वरो फैलिएको अनुमान गरिए पनि अझै कतिपयमा डेंगु संक्रमण देखिन सक्ने जाँचमा संलग्न चिकित्सकको भनाइ छ।

धमाधम ज्वरो र टाउको दुख्ने लक्षणबाट विद्यार्थी बिरामी हुन थालेपछि बर्दिबास–६ का वडाध्यक्ष पद्म आलेमगरले बुधबार नै बर्दिबास अस्पतालसँग समन्वय गरेर स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको बताए।अहिले केही बिरामीलाई कलेज नजिकका स्वास्थ्य क्लिनिकमा र केहीलाई बर्दिबास अस्पतालमै उपचार चलाइएको छ।

परीक्षा स्थगन गर्न प्राकृतिक स्रोत व्यवस्थापन कलेजले पनि कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको डिनको कार्यालयलाई पत्र लेखिएको निमित्त क्याम्पस प्रमुख भुजेलले जानकारी दिए। विद्यार्थीको स्वास्थ्य अवस्थाबारे नगरप्रमुख र अन्य सरोकारवालाबीच संंयोजन भइरहेको वडाध्यक्ष मगरको भनाइ छ।

प्रकाशित: Sep 07, 2023| 13:47 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्