सोमबार, जेठ २५, २०८३

दुई नाबालिगसहित एक महिला बलात्कृत, पक्राउ परे आरोपी

प्रहरीले रुपन्देही, भोजपुर र बर्दियाबाट दुई नाबालिगसहित महिलालाई जबर्जस्ती करण गर्ने आरोपीलाई पक्राउ गरेको हो।
 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं– प्रहरीले दुई नाबालिग र एक महिलासहित तीन जनामाथि जबर्जस्ती करणी गर्ने आरोपीलाई पक्राउ गरेको छ। प्रहरीले रुपन्देहीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका–२ सिमानगरका ५४ वर्षीय गणेश न्यौपानेलाई बुधबार राती पक्राउ गरेको छ।

National life

बालिकालाई गत आइतबार बुटवल उपमहानगर–४ तिनाउखोलाको झाडीमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा नगर प्रहरी कार्यालय योगीकुटीबाट खटिएको प्रहरीले न्यौपानेलाई पक्राउ गरेको हो। 

भोजपुरमा पनि १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा टेम्केमैयुम गाउँपालिका–२ घुप्कालुङका ५० वर्षीय कृष्ण राईलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। राईले ती बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।  

बर्दियामा ३० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका–९ माछागढका ३९ वर्षीय शेरबहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

थापाले ती महिलालाई बारबर्दिया नगरपालिका–४ सिटीबरेलीमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 07, 2023| 13:26 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्