आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दिवंगत वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झन्डा

दिवंगत वडाध्यक्ष रिजालको पार्थिव शरीरमा मेयर बालेनले ओढाए झन्डा

मेयर बालेनले स्व. रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
 |  बिहीबार, भदौ २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

vianetvianet

काठमाडौं– काठमाडौं महानगर–१६ का दिंगत वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण मेयर बालेन साह राष्ट्रिय सभागृह पुगेका छन्। मेयर बालेनले स्व. रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रिय सभागृह पुगेर कांग्रेस, नेता, कार्यकर्ता, महानगर कर्मचारी, शुभेच्छुकले स्व. रिजाललाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

स्व. रिजालको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राखिनेछ। साढे १२ देखि साढे १ सम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राखिने दिउँसो २ बजे दाहसंस्कार गर्ने कार्यक्रम छ।

वडाध्यक्ष रिजालको आज बिहान साढे ७ बजे काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित: Sep 07, 2023| 12:02 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्