सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधनप्रति देउवाको समवेदना, आजै आर्यघाटमा अन्त्येष्टि

काठमाडौं महानगरका वडाध्यक्ष रिजालको निधनप्रति देउवाको समवेदना, आजै आर्यघाटमा अन्त्येष्टि

देउवाले स्व. रिजालले कांग्रेस संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण गरेका छन्।
 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौं महानगर वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। देउवाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति कांग्रेस र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको सानेपा मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ। 

National life

देउवाले स्व. रिजालले कांग्रेस संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको सक्रिय योगदानको स्मरण पनि गरेका छन्। वडाध्यक्ष रिजालको ग्रान्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको थियो।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ देखि १२ बजेसम्म राष्ट्रिय सभागृह र साढे १२ देखि साढे १  सम्म पशुपति मन्दिर परिसरमा राखिनेछ। त्यसपछि अपरान्ह २ः३० बजे दाहसंस्कार गरिनेछ।

२०२७ कात्तिकमा जन्मिका स्व. रिजालले कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।  २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरी हिरासतमा रहेका थिए। स्व. रिजाल कांग्रेस काठमाडौं क्षेत्र ७ को क्षेत्रीय सभापति र महानगरमा अहिलेसमेत गरी दुई पटक वडाध्यक्ष निर्वाचित हुन्। 

सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आबद्ध भई राजनीतिक यात्रा थालेका स्व. रिजालले मानव अधिकारवादी संघ संस्थामा समेत आबद्ध भएर काम गर्दै आएका थिए। उनको निधनबाट कांग्रेसले होनाहार नेतृत्वलाई गुमाएको विज्ञप्तिमा उल्लेख छ।

Shivam cement

रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुन्। रिजाल पाँच दिनअघि ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। फोक्सोमा पानी जमेको र निमोनियाको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर वडाध्यक्ष रिजालको उपचार भइरहेको थियो।

प्रकाशित: Sep 07, 2023| 11:45 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्