मंगलबार, फागुन २६, २०८२

बैतडीमा तीनवटा क्लिनिक सिल, सञ्चालक पक्राउ

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न ठाउँमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिकलाई स्थानीय प्रशासनले सिल गरेको छ। एकजना क्लिनिक सञ्चालक पनि पक्राउ परेका छन्।

National life

अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन्। 

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालनमा रहेको पाइएको हो। 

अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार–३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।  

त्यसक्रममा पञ्ज्युनयाँस्थित कविर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई स्थानीय प्रशासनले पक्राउसमेत गरेको छ। ‘स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाइयो, त्यसैले सञ्चालक कार्कीलाई नियन्त्रणमा लिएका छौँ। यो विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने। 

Laxmi sunrise bank
kumari

स्वास्थ्य क्लिनिक सञ्चालकले चिकित्सकको प्रेसक्रिप्सनबिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिले मेडिकल सञ्चालन गरेको तथा सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले क्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। 

क्लिनिक अवैधरुपमा सञ्चालन गरिएको जनगुनासो आएपछि अनुगमन थालिएको उनको भनाई छ।

प्रकाशित: Sep 07, 2023| 09:49 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्