सोमबार, जेठ २५, २०८३

काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको मृत्यु

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

National life

डेंगु संक्रमणपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो। रिजाललाई श्रद्धाञ्जली दिन कांग्रेस नेताहरु ग्राण्डी अस्पताल पुगिरहेका छन्। 

रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनी ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए। उनले नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए।

रिजाल कांग्रेस काठमाडौं-७ का क्षेत्रीय सभापति पनि हुन्।

प्रकाशित: Sep 07, 2023| 08:42 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्