सोमबार, जेठ २५, २०८३

सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आज

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०
National life
Shivam cement

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी बिहीबारका लागि तोकिएको छ।

यस मुद्दाको पेसी यसअघि पटक पटक परे पनि अन्तिम सुनुवाइ हुन सकेको थिएन। यसअघि भदौ १० गते उनीविरुद्धको नाबालिग बलात्कार मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश पण्डितको इजलासमा परेको थियो। तर ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि बिहीबारका लागि पेसी तोकिएको हो।

पछिल्लो पटक गत साउन ३२ गते उक्त मुद्दामा सुनुवाइ भएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी (गौशाला २६)की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। 

प्रकाशित: Sep 07, 2023| 08:28 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्