मंगलबार, फागुन २६, २०८२

गर्मीमा तरभुजको सेवन स्वास्थ्यका लागि निकै लाभदायक

 |  बिहीबार, भदौ २१, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २१, २०८०

काठमाडौं- तरभुज स्वास्थ्यका लागि निकै लाभदायक फल हो। गर्मी मौसममा मानिसले तरभुज खान निकै रुचाउँछन्।

National life

तरभुज निकै स्वादिष्ट र पोषणले भरिपूर्ण फल हो। जसमा भरपुर मात्रामा पानी हुन्छ। त्यसैले यसले गर्मी मौसममा सितलता प्रदान गर्छ। 

तरभुजको सेवनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। तरभुजमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन (ए, बी, सी) का साथै आइरन, क्याल्शियम, म्याग्नेशियम र फस्फोरस जस्ता तत्व पाइन्छन्।

उच्च रक्तचापको समस्या भएका मानिसले तरभुजको सेवन गर्नुपर्छ। फ्लोरिडा स्टेट युनिभर्सिटीका शोधकर्ताले मोटा मानिसमा उच्च रक्तचापको जोखिम हुनेभएकाले तरभुजको सेवन लाभदायिक हुने निश्कर्ष निकालेका थिए।

तरभुजले तौल घटाउन पनि सहयोग गर्छ। यसमा सिट्रलिन नामक तत्व पाइन्छ। जसले तौल घटाउन मद्दत गर्छ। केहि वर्ष पहिले गरिएको अध्ययनले यो तत्वले शरीरमा बोसो जम्नबाट बचाउँछ।

Laxmi sunrise bank
kumari

तरभुज खाँदा पेट भरिएझै लाग्छ। जसले गर्दा हामी कम खाना खान्छौं। र, मोटोपन हुनबाट जोगिन्छौं।

तरभुजमा करिव ९० प्रतिशत पानी हुन्छ। त्यसैले यसले शरीमा तरल पदार्थको कमी हुन दिँदैन। २००९ मा एबरडिन मेडिकल स्कुल युनिभर्सिटीमा गरिएको अध्ययनले तरभुजमा रहेको पानीले शरीरलाई निकै फाइदा पुगाउने देखाएको थियो।

तरभुजमा पोटाशियम भरपुर मात्रामा पाइन्छ। यसले मुटुमा फाइदा पुगाउँछ। केन्टकी युनिभर्सिटीले गरेको अध्ययनले तरभुजको सेवनले मुटुमा फाइदा पुगाउने देखाएको थियो।

प्रकाशित: Sep 07, 2023| 07:54 बिहीबार, भदौ २१, २०८०
प्रतिक्रिया दिनुहोस्