सोमबार, जेठ २५, २०८३

नेपाल र अमेरिकी सेनाको संयुक्त अभ्यास हुँदै

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं- नेपाली सेना र संयुक्तराज्य अमेरिकाको सेनाबीच नियमितरुपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालिसौँ संस्करण यही भदौ २४ गतेदेखि सुरु हुने भएको छ।

National life

आउँदो असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा हुने उक्त अभ्यास सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जानकारी दिएको छ।

नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ।

नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरुका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ।

भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित भोलि अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ।

Shivam cement

यसैबीच संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्ससाइज कम्ब्रेइन पट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको पनि निर्देशनालयले जनाएको छ।

प्रकाशित: Sep 06, 2023| 19:22 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्