आइतबार, असार २२, २०८२

खुकुरी प्रहार हुनुअघिको कार्यक्रममा के बोलेका थिए यादवले?

 |  बुधबार, भदौ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भृकुटीमण्डपमा खुकुरी प्रहार भयो। रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सहभागी भएका यादवलाई एक व्यक्तिले पछ्याउँदै गाडी चढ्न लाग्दा खुकुरी हानेका थिए।

क्लबमा दर्शक दिर्घाको पहिलो लहरमा बसेका ४७ वर्षीय श्याम सापकोटा शान्तपूर्वक यादवको भाषण सुनिरहेका थिए। यादव बोलिसकेपछि उनले पछ्याए र खुकुरी प्रहार गरे। घटनालगत्तै अस्पताल लगिएका यादवको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी हान्ने नुवाकोटको विदुर नगरपालिका–७ का ४७ वर्षीय सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेका सापकोटाले रिसको झोकमा आक्रमण गरेको प्रारम्भिक बयान दिएको बताइएको छ।

कार्यक्रममा सहभागी आक्रमणकारी (कालो टोपीमा)
यसअघि गत १७ जेठमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालमाथि समेत सार्वजनिक मञ्चमै अभद्र व्यवहार भएको थियो। आफूलाई सन्तोष राजावादी बनाउने व्यक्तिले खनालमाथि अभद्र व्यवहार गरेका थिए। त्यो बेला प्रहरीले सन्तोषसहित ९ जनालाई पक्राउ गरेको थियो। अनामनगरमा राखिएको अन्तरक्रिया कार्यक्रममा खनालसहित वामदेव गौतम, सीपी मैनाली, सीपी गजुरेललगायतका नेता उपस्थित थिए।

के बोलेका थिए यादवले ?
कांग्रेस सहमहामन्त्री यादवले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता बालकृष्ण खाण निर्दोष रहेको दाबी गरेका थिए। उनले भने,‘खासमा निर्दोष बालकृष्ण खाणलाई फसाइएको छ। दोष केही पनि छैन। जसको प्रमाण छ, बादल र उहाँको श्रीमतीको नाम आएको छ। सुन काण्डमा पनि नेताका छोरा पक्राउ परेका छन्। भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता भैरहेको छैन्।’ उनले खाण निर्दोष हुनुको कारण उनीमाथि कुनै जाहेरी नपरेको स्पष्ट पारे। उनले भने, ‘बालकृष्ण खाणमाथि कुनै जाहेरी छैन। कसैले पनि पैसा लिएको भनेर भनेको छैन। प्रहरी र अदालतको बयानमा कसैले पनि उहाँले पैसा मागेको भनेर भनेको छैन। खाणजीको खातामा कतै पनि अस्वाभाविक रकम देखिएको छैन।’

यादवले बालकृष्ण खाणको पालामा एक जना पनि नक्कली वा भुटानी शरणार्थी नेपालबाट अमेरिका नगएको जिकिर गरे। उनले भने, ‘भुटानी शरणार्थीको सेटलमेन्टको कुरा बरु बादल गृहमन्त्री भएकै बेलामा भएको हो। क्याबिनेटभित्रै एउटा समितिमा बादल, युवराज खतिवडा अर्थमन्त्री र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली हुनुहुन्थ्यो। २०१६ पछि जान नमानेका भुटानी शरणार्थीहरुको लागि के गर्ने भनेर बरु हस्ताक्षर गरेका थिए। ती अहिले पनि बाहिर छन्। जसको सिग्नेचर छैन, उ जेलभित्र छ। आज न भोलि अदालतले बालकृष्ण खाणलाई न्याय दिन्छ। सबैले भनेका छन् कि उहाँ निर्दोष हो। उहाँ निर्दोष सावित भएर बाहिर आउने मेरो विश्वास छ।’

फरक प्रसंगमा उनले तत्काल सरकार परिवर्तन नहुने दाबी गरे। उनले भने,‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष नै जान्छ। पाँच वर्षसम्म यो गठबन्धन रहन्छ। प्रचण्डजीपछि अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ र त्यसपछि देउवाले नेतृत्व लिएर चुनाव गराउनुहुन्छ। यो गठबन्धन कायम रहन्छ। कांग्रेसले अरुसँग गएर सरकार बनाउँदैन।’

उनले कांग्रेसले गृहमन्त्री हटाउने एजेण्डा बनाएकै दिन गृहमन्त्री परिवर्तन हुने पनि दाबी गरे। तर, अहिले गृहमन्त्री हटाउनेबारे आफूहरुले कुनै इस्यु वा एजेण्डा नबनाएको उनको जिकिर थियो। उनले भने,‘गृहमन्त्री परिवर्तनको इस्यु हामीले राखेको दिन परिवर्तन हुन्छ। हामीले भनेको दिन गृहमन्त्री परिवर्तन हुन्छ। तर, उहाँले निष्पक्ष भएर काम गर्नुपर्छ। उहाँले कांग्रेसलाई पेल्ने शैली बदल्नुपर्छ।’ उनले अहिले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले बढीभन्दा बढी काम गर्नुपर्ने सुझाए। उनले भने,‘जनताले कांग्रेसलाई एक पटक एकल बहुमत दिनुपर्छ।’

mahendra yadab1693991683.jpg
खुकुरी आक्रमण भएपछि यादव

प्रकाशित: Sep 06, 2023| 17:09 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्