सोमबार, जेठ २५, २०८३

कृष्ण जन्माष्टमीमा 'मट्का फुटाउने' प्रतियोगिता

 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं- श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौंको सामाखुशीमा ‘मट्का फुटाउने’ प्रतियोगिता आयोजना गरिएको छ। सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो।

National life

विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो।

‘पार्क नजिकै सडकको माथि डोरीमा माटोको मट्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको छ’, केसीले भने। उनका अनुसार मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ।

यसवर्ष ११ पटकको प्रयासपछि उक्त मट्का फुटाइएको हो। प्रतियोगिताका विजेता टोलीले  २० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गरे।

आजै साना बालबालिकाका लागि घैंटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो। घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही  एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 06, 2023| 16:24 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्