सोमबार, जेठ २५, २०८३

कांग्रेस सह–महामन्त्री यादवमाथि कसले हान्यो खुकुरी?

नुवाकोटका श्याम सापकोटालाई यादवमाथि खुकुरी हानेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०
National life
Shivam cement

काठमाडौं– सत्तारुढ कांग्रेस सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ। आज प्रदर्शनीमार्गस्थित रिपोर्टर्स क्लबको कार्यक्रममा सहभागिता जनाएर निस्किनै लाग्दा यादवमाथि खुकुरी प्रहार भएको हो। 

यादवलाई उपचारार्थ राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। घाइते यादवको अवस्था खतरामुक्त छ।

नुवाकोटका श्याम सापकोटालाई यादवमाथि खुकुरी हानेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 06, 2023| 14:57 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्