सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोशी पुल छेउ गाडी छाडेर सम्पर्कविहीन भएका डाक्टर प्रज्वल १० दिनपछि मृत भेटिए

कोशी पुल छेउ गाडी छाडेर सम्पर्कविहीन भएका डाक्टर प्रज्वल १० दिनपछि मृत भेटिए

कोशीमा मछली मार्न गएका स्थानीयले नदीको सानो भंगालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं– प्रहरीले कोशी नदी पुल छेउ गाडी छाडेर बेपत्ता भएका डा. प्रज्वल कोइरालाको १० दिनपछि शव फेला पारेको छ। कोइरालाको शव वराहक्षेत्र नगरपालिका–२ स्थित कोशीको भंगालोमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको हो।

National life

कोशीमा माछा मार्न गएका स्थानीयले नदीको सानो भंगालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव बेपत्ता डा. कोइरालाको हुन सक्ने अनुमान गरेर परिवारका सदस्यलाई घटना स्थल बोलाएको थियो।

मृतकका बुबा दिवाकर कोइरालासहित झापाको दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेको टोली शव भेटिएको स्थानमा पुगेको थियो। बुबा हरिप्रसादले शव आफ्नै छोरा प्रज्वलको भएको यकिन गरेको बताइन्छ। 

मृतक कोइरालाको शव परीक्षणका लागि मंगलबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका आज परिवारलाई बुझाइने प्रहरीले जनाएको छ। झापाको दमक नगरपालिका– १ घर भएका डा. कोइराला मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत थिए। 

उनी गत १० भदौमा बिरामी चेकजाँच गरी अस्पतालबाट बेपत्ता भएका प्रज्वललाई खोज्ने क्रममा उनी चढ्ने गाडी सुनसरी र उदयपुरको सीमा कोशी पुलमा भेटिएको थियो। कोशी पुल छेउमा उनी चढ्ने गाडीसहित मोबाइल र पर्ससमेत भेटिएको थियो। दिवंगत ३२ वर्षीय डा. कोइराला बाबुआमाका एक मात्र छोरा हुन्।

Shivam cement

प्रकाशित: Sep 06, 2023| 12:35 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्