सोमबार, जेठ २५, २०८३

त्रिशूलीमा खस्यो कार, हाम फालेर बचे चालक

सिमराबाट काठमाडौं आउँदै गरेको ना४च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको धादिङ प्रहरीले बताएको हो।
 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०
National life
Shivam cement

काठमाडौं– मंगलबार राती साढे १ बजे सिमराबाट काठमाडौं आउँदै गरेको कार त्रिशूली नदीमा खसेको छ। सिमराबाट काठमाडौं आउँदै गरेको ना४च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको धादिङ प्रहरीले बताएको हो।

त्रिशूलीमा कार खसेको खबर पाउनासाथ धादिङस्थित इलाका प्रहरी कार्यालय बेनीघाटबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको बताइएको छ।

कारमा चालक मात्रै रहेको बुझिएको छ। कार त्रिशूलीमा खस्दै गर्दा चालक बाराको सिमरा उपमहानगर–११ का २३ वर्षीय प्रविन गौतम उछिट्टिएर बाँच्न सफल भएका छन्। गौतमलाई  कुनै चोटपटक लागेको छैन। प्रहरीले कार चालक गौतमलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रकाशित: Sep 06, 2023| 12:20 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्