सोमबार, जेठ २५, २०८३

झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिन तँछाडमछाड

झाडीमा शिशु फालेर बेपत्ता भएकी निर्दयी आमा फर्किनआएपछि ५० भन्दा बढीले अभिभावकत्व लिन देखाए इच्छा।
 |  बुधबार, भदौ २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

काठमाडौं– झापा भद्रपुरको झाडीमा भेटिएका नवजात शिशुको अभिभावकत्व लिन अहिलेसम्म ५० भन्दा बढीले चाहना व्यक्त गरेका छन्।

National life

डाक्टर, राजनीतिकर्मी, प्राध्यापक, उद्योगी, व्यवसायी, इन्जिनियरलगायतले झाडीमा भेटिएका अभिभावकविहीन शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने रुचि देखाएका हुन्।
हालसम्म शिशुलाई हकदाबी गर्न आफ्नै बाआमा आउने सम्भावना नदेखिएपछि अभिभावकत्व लिन उनीहरूले इच्छा देखाएका हुन्।

गत शुक्रबार मात्रै भद्रपुर नगरले हकदाबीका लागि सात दिने सूचना जारी गरेको छ। नवजात शिशु कसको हो? सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्नो शिशुको पर्याप्त प्रमाण कागजातसहित हकदाबी गर्न आउन सूचनामा भनिएको छ।

झाडीमा शिशु फालेर बेपत्ता भएकी निर्दयी आमा फर्किनआएपछि भद्रपुरका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मीलगायतलाई अभिभावकत्व लिन चाहनेले भनसुन गरिरहेका छन्।

शिशुका लागि झापा, इलाम, खोटाङ, दाङलगायत जिल्लासँगै विदेशबाट समेत फोन आउन थालेको नगरप्रमुख पोखरेलले बताए। कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिइने उनको भनाइ छ।

Shivam cement

प्रकाशित: Sep 06, 2023| 11:34 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्